कर्णालीमा बालअधिकार अभियानद्वारा चुनावमा बालबालिकाको दुरुपयोग नगर्न अपिल

सुर्खेत । बाल अधिकारका लागि साझा अभियान कर्णाली प्रदेशले स्थानीय तह निर्वाचनमा बालबालिकालाई प्रयोग नगर्न अपिल गरेको छ। कर्णाली प्रदेश समितिले मंगलबार एक विज्ञप्ति जारी गर्दै यस्तो अपिल गरेको हो।

प्रदेश अध्यक्ष टिकाराम आचार्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा राजनीतिक दल र उम्मेदवारहरूले विभिन्न अन्तर्राष्ट्रिय तथा राष्ट्रिय कानून तथा आचारसंहिता विपरीत बालबालिकालाई प्रयोग गर्नु दुःखद भएको उल्लेख गरिएको छ। साथै, निर्वाचनका गतिविधिमा बालबालिकाको दुरुप्रयोग अझ बढ्नसक्ने भन्दै कुनै पनि राजनीतिक दलले आफ्ना कार्यक्रममा बालबालिकाको दुरुपयोग नगर्न र नगराउन अपिल गरिएको छ।

निर्वाचन वा कुनै पनि बहानामा बालबालिकाको प्रयोग भए नभएको अनुगमन गरी सम्बन्धित राजनीतिक दलहरूलाई निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउनका लागि निर्वाचन आयोगको ध्यानाकर्षण समेत गराइएको छ। बाल अधिकार महासन्धी र नेपालको कानूनले समेत निर्वाचनमा बालबालिकाको प्रयोग गर्ने कार्यलाई बालबालिकाविरुद्धको कसुर मानेको स्मरण गराउँदै निर्वाचन आचारसंहिताले पनि १८ वर्ष नपुगेका बालबालिकाहरूलाई प्रयोग गर्न नपाउने स्पष्ट व्यवस्था गरिएको विज्ञप्तिमा उल्लेख छ।

केही दिनअघि राजनीतिक दलका प्रदेशस्तरीय प्रतिनिधिहरूले चुनावमा बालबालिकालाई प्रयोग नगर्न-नगराउन प्रतिबद्धता समेत गरेका थिए । तर, दलहरूले बालबालिकालाई विभिन्न र्याली, आमसभा र जुलुसमा प्रयोग गरेको पाइएको हो।

विज्ञप्तिः
No description available.

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *