दुईपटक संसद भंग गर्नेलाई जनताले विश्वास गर्दैनन् : परराष्ट्रमन्त्री

काठमाडाैँ । परराष्ट्रमन्त्री एवं कांग्रेसका नेता डा. नारायण खड्काले दुई-दुईपटक संसद भंग गर्नेलाई जनताले विश्वास नगर्ने बताएका छन् ।

मंगलबार उदयपुरमा आयोजित सभालाई सम्बोधन गर्दै खड्काले जनमतलाई कुल्चेर दुई दुई पटक संसद भंग गर्ने, कहिले कुन चिह्न कहिले कुन चिह्न लिएर जनतामा भोट माग्न आउनेहरूलाई जनताले विश्वास नगर्ने बताएका हुन् ।

उनले जनताको अधिकार खोस्न खोज्नेलाई जनतासँग भोट माग्ने अधिकार नभएको जिकिर गरे । उनले भोट माग्न आउनेलाई किन भोट दिने भनेर मतदाताले सोध्नुपर्ने बताए ।

उनले अबको निर्वाचनमा कांग्रेसको जित सुनिश्चित भएको दावी गरे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *