तनहुँको घिरिङमा एमाले र कांग्रेस कार्यकर्ताबीच हात हालाहाल

पोखरा । तनहुँको घिरिङमा एमाले र कांग्रेस कार्यकर्ताबीच हात हालाहाल भएको छ ।

पालिकामा एकजना बालकको मृत्यु भएको घटनाबारे गाउँपालिकाको सर्वदलीय बैठकमा सहभागि हुन पुगेका कांग्रेस गाउँपालिका सभापति यामबहादुर थापामाथी एमालेका भुवन बिकले हात हालेको पीडितले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय प्रमुख राजेन्द्र रेग्मीले भिडमा सामान्य धकेलाधकेल भएको बताए ।

कांग्रेस तनहुँ सभापति जितप्रकाश आलेले विज्ञप्ति निकालेर घटनाबारे छानबिन गरि दोषीमाथि कारबाहीको माग गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *