गोरखाको पालुङटारमा जसपा र एमाले गठबन्धन

पोखरा । गोरखाको पालुङटारमा एमाले र जसपाबीच गठबन्धन भएको छ । एमाले जिल्ला अध्यक्ष प्रेम गुरुङ र जसपा अध्यक्ष यानप्रसाद भट्टले सम्झौता गरेर गठबन्धनको निर्णय गरेका हुन् ।

‘३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा गोरखा जिल्ला पालुङटार नगरपालिकाको नगर प्रमुख पदमा नेकपा एमालेले जनता समाजवादी पार्टीलाई सहयोग गर्ने र उपप्रमुख पदमा जनता समाजवादी पार्टीले नेकपा एमाले को उमेदवारलाई सहयोग गर्ने निर्णय भयो’, विज्ञप्तिमा उल्लेख छ ।

यस्तै, वडामा सोत गठबन्धन भएको छ । वडा नं ६, ७ र १० मा नेकपा (एमाले) लाई सहयोग गर्ने र वडा नम्बर ४ र ५ मा जनता समाजवादीलाई सघाउने निर्णय भएको एमालेले जनाएको छ ।

साथै जिल्लाको अन्य पालिकाहरू र वडाहरूमा एक आपसमा सहमति गरी निर्वाचन मा जाने निर्णय गरिएको बताईएको छ । जसपाले गोरखा नगरपालिका र गण्डकी गाउँपालिकामा भने माओवादीसँग गठबन्धन गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *