‘युवा सञ्चालित लघु उद्योग एवं व्यवसायलाई कर छुटका साथै विशेष अनुदान’

पाँचथर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का कुम्मायक गाउँपालिका, वडा अध्यक्ष उम्मेदवार विक्रम लावतीले युवाले सञ्चालन गरेको लघु उद्योग र व्यवसायलाई कर छुट र विशेष अनुदान दिने बताएका छन्।

‘ठूलो संख्यामा युवाहरू विदेश जाने क्रम जारी छ। यो हाम्रो समाजको नकारात्मक अनुभव हो,’ कुम्मायक–२ का युवा उम्मेदवार लावतीले चुनावी सभालाई सम्बोधन गर्दै भने, ‘यसकारण जनताले विश्वास गरेर वडा अध्यक्षमा निर्वाचित गरे, युवाहरूलाई सीप तालिम दिने व्यवस्था मिलाउनेछु। युवाले सञ्चालन गरेका लघु उद्योग र व्यवसायलाई कर छुट दिनुका साथै विशेष अनुदान दिने प्रबन्धसमेत मिलाउनेछु।’ आफै पनि वैदेशिक रोजगारमा कोरिया गएर फर्किएका कारण, युवाहरूको जिम्मेवारी, आकांक्षा, आय र रोजगारको चुनौतीका बारेमा जानकार रहेको युवा उम्मेदवार लावतीले बताए।

राप्रपाका युवा नेता एवं वडाध्यक्षका उम्मेदवार लावतीले भ्रष्टचारमुक्त प्रशासन कायम गरी युवा रोजगार तथा आय आर्जनमा विशेष जोड दिने प्रतिबद्धता जाहेर गरेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *