नेकपाले जनमतकाे अपमान गरी संसद विघटन गर्‍याे : महामन्त्री थापा

काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनताले दिएको मतको सम्मान गर्ने बताएका छन् ।

नेपाली कांग्रेस त्रियुगा नगरपालिका उदयपुरले सोमबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै नेता थापाले जनमतको सम्मान गर्ने बताएका छन् ।

नेकपा सरकारले जनताले दिएको मतको सम्मान गर्न नसकी संसद् विघटन गरेको उनको आरोप छ । नेपाललाई मान्छे बेच्ने देश नभई सामान बेच्ने देश बनाउनको लागि नेपाली कांग्रेसको नेतृत्वमा तीनवटै तहमा सरकार बन्न आवश्यक रहेको उल्लेख गरे ।

थापाले नेकपा एमाले गठबन्धन गर्न ढुकेर बसेको बताउँदै जसलाई जहाँ भेटिन्छ त्यहीँ गठबन्धन गरेको आरोप लगाए ।

उदयपुरको त्रियुगा नगरपालिकामा नेपाली कांग्रेसबाट बसन्त बस्नेत, नेकपा एमालेबाट भागवत राउत र नेकपा एकीकृत समाजवादीबाट बलदेव चौधरी चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *