फेरि ससद भंग गर्न ओलीको पार्टीलाई नजिताऔँ : देउवा

धनगढी । नेपाली काग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले संसद भङ गरेर संविधान विपरीत कार्य गर्ने केपी ओली र उनको पार्टीलाई मतदान नगर्न आग्रह गरेका छन् ।

नेपाली काग्रेस कैलालीको आयोजनामा सोमबार धनगढीमा भएको पाँच दलीय गठबन्धनको आमसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले एमालेलाई जिताएर ओलीलाई संसदमा ल्याउनु भनेको फेरि संसद भङ्ग गर्ने बाटोमा जानु भएको बताए ।

सरकारका गलत गतिविधिको विरोध गर्दा ओलीले संसद भङ्ग गरेको भन्दै देउवाले फेरि त्यस्तो अवस्था आउन नदिन आग्रह गरे । ‘कांग्रेससहित तत्कालिन अवस्थामा नेकपामै रहेका पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाललगायत सरकारले विरोध गर्दा पनि केपी ओलीले संसद भङ्ग गरे’, उनले भने, ‘विना कारण सविधानविपरीत संसद भङ्ग गरेपछि अदालतले पुनस्स्थापन गर्यो । संसद पुनस्स्थापना भएपछि पनि ओलीले चल्न दिएका छैनन् ।’

ओलीलाई फेरि त्यही ठाउँमा ल्याए त्यही प्रक्रिया दोहोर्याउने भएकाले मतदातालाई सचेत हुन देउवाले आग्रह गर ।

उनले गठबन्धनलाई जिताएमा संसद पनि भङ्ग नहुने र जनभावना र संविधान अनुसार सरकार अघि बढ्ने उनले बताए ।

प्रधानमन्त्री देउवाले गठबन्धन सरकार बलियो बनाउन पनि स्थानीय तह जित्नु पर्ने बताए । बागीले गर्दा आधिकारिक उम्मेदवारले हार्ने अवस्था आए कुनै पनि हालतमा उनीहरूलाई कामकारबाही गरेर छोड्ने उनले चेतावनी दिए ।

साथै उनले सुदूरपश्चिमको कारण आफू प्रधानमन्त्री हुन सफल भएको भन्दै गठबन्धनलाई जिताए पहिलो प्राथमिकता सुदूरपश्चिमलाई दिने बताए ।

कुटिया दिपायल सडक र अछाम जोड्ने बाटो निर्माण अहिलेको आवश्यकता भएकाले त्यसलाई अगाडि बढाइने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *