याे चुनाव प्रतिगमनलाई परास्त गर्ने चुनाव हाे : प्रचण्ड

धनगढी । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहकाे चुनाव प्रतिगमनलाई परास्त गर्ने चुनाव भएकाे बताएका छन् ।

नेपाली कांग्रेस धनगढीले आयाेजना गरेकाे चुनावी सभामा गठबन्धनका तर्फबाट बाेल्दै प्रचण्डले यस्ताे बताएका हुन् ।

उनले लोकतान्त्रवादी र वामपन्थी एक भएका बेला देशले काचुली फेरेकाे बताउँदै यसले तानाशाह असफल भएकाे बताए ।

उनले शान्ति प्रकृयादेखि संविधान समेत यस्तै किसिमकाे गठबन्धनबाट सम्भव भएकाे बताउँदै संविधान विराेधी शक्तिहरूलाई पनि यही गठबन्धनले असफल पारेकाे  बताए ।

त्यस्तै, उनले लोकतान्त्रिक वाम गठबन्धनका रूपमा अगाडि बढेकाे शक्तिलाई सफल पार्न समेत आग्रह गरे ।

उनले भने, ‘गठबन्धनलाई कमजोर र परास्त गर्न के गर्न सकिन्छ भनेर प्रतिगमनकारी लागिरहेका छन्’, उनले भने, ‘गठबन्धनबीच नै वैमनश्यता ल्याउन निकै ठूलो कसरत भएको छ । देउवा जी यसमा पनि सचेत हुनुहुन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *