घरदैलोमा बाँडिने सगुन विषाक्त; सचेत रहन नेपाल प्रहरीको आग्रह

काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालयले स्थानीय तहको निर्वाचनका समय संवेदनशील घटनाहरू घटिरहेको भन्दै सचेत रहन आम जनमानसमा सूचना जारी गरेको छ।

चुनावी प्रचारप्रसारका क्रममा घरदैलो कार्यक्रममा आएका अपरिचितबाट बाँडिएको प्रसाद एवं सगुन खाँदा कोही बेहोस भएको र कोही चक्कर लागेर ढलेको भन्ने उजुरीहरू आउन थालेपछि नेपाल प्रहरीले यस्ता घटनाहरू घट्नसक्नेतर्फ सचेत रहन आग्रह गरेको हो। साथै, यस्ता घटना आफ्ना वरिपरि घटेको पाइएमासमेत तत्काल प्रहरीलाई जानकारी गराउन पनि नेपाल प्रहरीले भनेको छ।

नेपाल प्रहरी प्रधान कार्यालयका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक बिष्णुकुमार के.सी.ले सार्वजनिक सूचना प्रकाशित गरी सो सचेतना जनहितमा जारी गरेका हुन्।
सूचनाः
No description available.

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *