गुलमोहरसँग रमाउनेहरूको भिड (तस्वीरहरू)

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर–७ का विभिन्न ठाउँमा फुलेका गुलमोहरसँग रमाउनेहरूको भिड लाग्ने गरेको छ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरका सडकहरू गुलमोहर फुलेर रंगिचङ्गी बनेका छन्। वसन्त ऋतुसँगै फुलेका गुलमोहरका फूलहरूसँग विगत एक हप्तादेखि रमाउनेहरूको भिड लाग्ने गरको हो। सडक छेउछाउमा फुलेका गुलमोहरले बाटोमा हिँड्ने जो कोहीको मन ल्योभाउने भएकाले गुडिरहेको सवारी साधन एकछिन रोकेर पनि फोटो खिचाइहाल्छन्।
gulmohar birendranagar 3
gulmohar birendranagar 1

वीरेन्द्रनगरका कुइनेपानी, घण्टाघर, इत्रामलगायत विभिन्न ठाउँमा फुलेका गुलमोहरले सबैलाई मोहित बनाएको छ। सबैभन्दा धेरै वीरेन्द्रनगर नगरपालिकाको कार्यालय नजिकै लहरै रहेका गुलमोहरका फूलसँग फोटो खिच्ने-खिचाउने, टिकटक एवं भिडियो बनाउनेहरूको लाइन वरदेखि परसम्म पुगेको देख्न सकिन्छ।
gulmohar birendranagar 2

वीरेन्द्रनगरलाई ग्रिन सिटीका रूपमा विकास गर्ने योजनाअनुसार सडकका छेउछाउमा प्रत्येक वर्ष वृक्षरोपण गरिँदै आएको छ।
gulmohar birendranagar 4
gulmohar birendranagar 5
gulmohar birendranagar 6
gulmohar birendranagar 7
gulmohar birendranagar 8

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *