प्रधानमन्त्री देउवा र प्रचण्डले भोलि धनगढीमा चुनावी सभालाई सम्बोधन गर्ने

धनगढी । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धनगढीमा हुने चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् ।

कांग्रेसको आयोजनामा सोमबार हुने आमसभालाई प्रधानमन्त्री देउवा र माओबादी अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने नेपाली कांग्रेस कैलालीले जनाएको छ ।

चुनावी सभालाई सम्बोधन गर्न एक दिनअघि नै प्रधानमन्त्री देउवा आइतबार धनगढी पुग्दैछन् । सुर्खेतको आमसभालाई सम्बोधन गरेर देउवा धनगढी आउन लागेका कांग्रेस कैलालीका सचिव नृपबहादुर सुनारले जानकारी दिए । धनगढी आएपछि उनी धनगढीस्थित आफनै निवासमा बस्नेछन् ।

धनगढीको आमसभालाई सम्बोधन गरेर प्रधानमन्त्री देउवा गृहजिल्ला डडेल्धुराको सभालाई सम्बोधन गर्न जाने कार्यक्रम छ । स्थानीय तह निर्वाचनलाई लक्षित गरेर कांग्रेसले देशका सातवटै प्रदेशमा आमसभा गरिरहेको छ ।

यस्तै सोमबार नै माओबादी केन्द्र्रका अध्यक्ष दाहालले कैलालीको कैलारी गाउँपालिकामा पार्टीको आयोजनामा हुने आमसभालाई पनि सम्बोधन गर्ने कार्यक्रम छ । पार्टीको गाउँ समितिले चुनावी सभा आयोजना गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *