पाेखराबाट प्रचण्डले दाेहाेर्‍याए- गठबन्धनलाई नजिताए देश दुर्घटनामा जान्छ

पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनले नजिते फेरि देश दुर्घटनामा जाने दोहोर्‍याएका छन् ।

पोखरामा गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, ‘कांग्रेसको नेतृत्वको सरकारलाई सफल बनाउन अपिल गर्दा जनता धम्क्यायो भनेर गलत अर्थ लगाइएको छ । म फेरि भन्छु, यो गठबन्धन राजनीतिक दुर्घटनाबाट बचाउन जन्मिएको हो । यसलाई दायाँबायाँ हुन दिनु हुँदैन ।’

गठबन्धन गर्दा सबैलाई फाइदा हुने भन्दै त्यसको सदुपयोग गर्न आग्रह गरे । ‘एकातिर राजनीतिक मुद्धामा एकता छ भने अर्कोतिर सबैलाई फाइदा छ । ५० प्रतिशत नेपाली कांग्रेसलाई फाइदा छ । माओवादीलाई पनि फाइदा, जसपालाइ पनि फाइदा, एकीकृत समाजवादी र जनमोर्चा सबैलाई फाइदा हुने गरी गठबन्धन बनेको छ,’ अघि भन्छन्, ‘एकातिर राजनीतिक मुद्धा मिल्ने, अर्कोतिर फाइदा मिल्ने भयो भने मात्रै गठबन्धन अगाडि जान्छ ।’ प्रचण्डले संविधान रक्षाका लागि नै गठबन्धन बनेको दावी गरे ।

‘संविधानको रक्षाका लागि यो गठबन्धन बनेको हो । यदी यो गठबन्धन जन्मदैन थ्यो भने आज देश दुर्घटनामा जाने खतरा बनेको थियो,’ उनले भने, ‘दुर्घटनामा जानबाट बचाउन नै यो गठबन्धन बनेको हो । गठबन्धन बनेकै दिनदेखि यसलार्य टुटाउने प्रयास भयो भैरहेको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *