वैशाख ३० पछि गठबन्धनको टायर पन्चर हुन्छ : ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी वैशाख ३० गतेपछि गठबन्धनको टायर पन्चर खुस्किने बताएका छन् । विराटनगरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले चितवनमा गएर आफ्नो छोरीलाई भोट नहाले  देश बरबाद हुन्छ । यदि गठबन्धनमा भोट हालेर जिताए गठबन्धन वर्षौं टिक्छ भन्ने गठबन्धनकारीको टायर वैशाख ३० पछि पन्चर हुने बताएका हुन् ।

ओलीले कांग्रेसका श्रीमतीहरूले फ्री भिसा र फ्री टिकटबाट मलेसिया पठाउने भनेर निर्वाचनमा बोल्नै नहुने खालका अभिव्यक्ति दिएको आरोप लगाए । ‘हामी लाखौँ मानिसलाई रोजगारी नेपालमै सिर्जना गर्ने भनेर लागि रहेको छौँ’, उनले भने, ‘उनीहरू विदेश पठाउने भनेर लागि रहेका छन् ।’

गठबन्धनका मान्छे र मन्त्री बस्दा कुर्सी रुँदैछ

सरकारमा जस्तो मानिस आएपनि कुर्सी कहिल्यै खाली नभएको स्मरण गर्दै ओलीले कस्तो मान्छे ल्याउने भन्ने अधिकार नागरिकको हातमा रहेको उल्लेख गरे । ‘कुर्सी कहिल्यै खाली हुँदैन काम गर्नेलाई लग्ने की काम नगर्नेलाई लग्ने भन्ने हात तपाईंहरूको छ’, उनले भने, ‘अहिलेका गठबन्धनका मान्छेहरू र मन्त्रीहरू बसेको देखेर कुर्सी पनि रुँदो हो, चल्न, हिँड्न, बोल्न जान्ने थियो भने कुर्सीले ती मान्छेलाई निकालेर मिल्काउँथ्यो होला, बोल्न सक्दैन, अब हामीले मिल्काउनु पर्ने भयो ।’

अब कुर्सीमा बस्न आउने मान्छेले त्यो ठाउँको विकास गर्न सक्ने खालको हुनु पर्ने बताए । जति हेन्सम भएर वा ब्युटिफुल आएपनि काम नहुने भएकाले अहिले भनेको देशमा काम गर्ने खालको नेतृत्व एमालेसँग भएको बताए ।

गठबन्धन अहिले एमालेलाई देखेर तर्सिएको ओलीको टिप्पणी छ । ‘गठबन्धन केको लागि कसैले सोध्यो भने देखेनौ एमाले कति ठुलो छ भनेर अनुहार हेर्दै विचरा तर्सिएका छन्’, ओलीले भने, ‘एउटा वडा पनि गठबन्धन नगरी जित्न नसक्नेहरूले देश बनाउन सक्दैनन् ।’

एमालेका बिराला मिठो खान कांग्रेसको घर गए

अहिले गठबन्धनको नाउँमा एमालेका बिरालाहरू मिठो खान कांग्रेसको घरमा छिरेको ओलीले कटाक्ष गरे । ‘त्यो बेला सांसदमा मैले देउवा जीलाई भनेको थिए, तपाईंको घरको भन्सामा हाम्रा घरका बिराला पसेका छन्, मैले भनेपछि देउवा जीले एक एक कचौरा दही दिएपछि चुप लागेका छन्’, उनले भने, ‘एमालेमा दाइँ गरेर २१ महिना प्रधानमन्त्री खाएर हिँडेकाहरू एमालेलाई कुहिएको फर्सी भन्दैछन्, त्यो भन्न नसुहाउने कुरा हो ।’ वडामा एक्लै लड्न डराउने दलहरूले देश बनाउँछन् भनेर नसोच्न पनि उनले आग्रह गरे ।

आगामी असार १७ गते ग्रहदशाको बारेमा धारणा राख्दा उहाँहरूको सातो गएको पनि उनले सुनाए । उनले त्यो असार १७ गते के हुन्छ बोलेका छैनन् । बम हान्ने, बम हान्न लगाउने र टाउकाको मूल्य तोक्ने पनि एकै ठाउँमा गठबन्धन बनाएर बसेको भन्दै आलोचना गरे । गठबन्धनमा सँगै बसेकाहरू मुटुमाथि ढुङ्गा राखेर ढुङ्गा राखेर गठबन्धन बचाउनु पर्छ भन्दै हिँडेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *