शुक्रबार दिउँसोदेखि विद्युत सेवा अवरुद्ध

काठमाडौँ । हिजो शुक्रबार दिउँसोदेखि चलेको हावाहुरीका कारण डोटीमा विद्युत सेवा अवरुद्ध भएको छ।

बुडर इलाका प्रहरी कार्यालयका अनुसार शुक्रबार दिउँसोको हावाहुरी तथा वर्षातका कारण डोटी र डडेल्धुराको सीमा क्षेत्र हगुल्टेमा विद्युत खम्बा ढलेका कारण बुडर, गैरा, गोगनपानी, खडिना, रुपसकाडा, गोल्डेललगायतका क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको हो। अवरुद्ध भएको विद्युत् सेवा सञ्चालनका लागि बुडर तथा स्यालेबाट विद्युतका कर्मचारी आज बिहानैदेखि खटिए पनि सेवा सञ्चालन गर्न नसकिएको बुडरस्थित विद्युत् सवस्टेसनले जनाएको छ। विद्युत् सेवा अवरुद्ध हुँदा बुडरमा रहेको रेडियो घण्टेश्वर एफएम बन्द भएको र ती क्षेत्रमा सञ्चार सम्पर्क पनि बन्द भएको स्थानीयवासी भक्तबहादुर लामाले बताए।

यसैगरी, शुक्रबारको हावाहुरीका कारण जिल्लाका दजनौँ घरका छाना उडाएको मौखिक खबर आएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *