पोखरामा जनप्रतिनिधि आएपछि ५ वर्षको प्रगति सार्वजनिक

पोखरा । पोखरा महानगरमा पहिलो पटक जनप्रतिनिधि निर्वाचित भएपछिको ५ वर्षीय प्रगति सार्वजनिक गरिएको छ । ५ वर्षमा महानगरले गरेका नीतिगत निर्णय, विनियोजित बजेट र प्राप्त उपलब्धिको समीक्षागत पुस्तक तयार गरिएको हो । महानगरले पूर्वाधार र सामाजिक क्षेत्रमा गरेका प्रगतिको विवरण पुस्तकमा समेटिएको छ ।

पुस्तक विमोचनपछि महानगर प्रमुख मानबहादुर जिसीले यही पुस्तकको जगमा अबका जनप्रतिनिधिले काम गर्न सक्ने बताए । ‘संकटको समयमा हामीले ५ वर्ष व्यतीत गर्‍याैँ । कोरोनादेखि धेरै समस्या हामीमाथि आईपर्‍याे,’ उनले भने, ‘तर महानगरले ट्रयाक छोडेको छैन । एउटा जग हालेका छौँ । नयाँ जनप्रतिनिधिलाई अलमलिनुपर्ने छैन । बाटो कोरिदिएका छौँ ।’ पोखरा बारे चासो राख्ने, अध्ययन, अनुसन्धान गर्न चाहनेहरूका लागि पनि यो पुस्तक अभिलेखको रूपमा उपयोगी हुने उनको भनाई छ ।

आफ्नो कार्यकाल संघीयता कार्यान्वयन, संस्थागत विकास र एकीकृत भावनाको थालनीका रूपमा सकिएको उनले बताए । राजनीतिक विश्लेषक झलक सुवेदीले पुस्तक तयार गरेका हुन् । उनले पोखराको भौगोलिक र राजनीतिक अवस्थासहित पाँच वर्षमा भएका महत्त्वपूर्ण उपलब्धिलाई समेटेर पुस्तक निकालेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + twelve =