भेरीगंगामा गठबन्धनको घोषणा; ज्येष्ठ नागरिक र गर्भवती महिलालाई एम्बुलेन्स सेवा निःशुल्क

सुर्खेत । नेपाली कांग्रेसले सुर्खेतको भेरीगंगा नगरपालिकाको घोषणापत्र जारी गरेको छ।

स्थानीय तह निर्वाचन २०७९ का लागि भेरीगंगा नगरपालिकामा कांग्रेसले घोषणा पत्र जारी गरेको हो। भेरीगंगा नगरपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल गरिएको छ। कांग्रेसबाट रामबहादुर सिंह नगर प्रमुखमा र माओवादीबाट नन्दबहादुर उप–प्रमुखका उम्मेदवार छन्।

सामाजिक, सुशासन, असलशासन, आर्थिक, खेलकुद, कृषि, शिक्षा लगायतका क्षेत्रमा आगामी पाँच बर्षमा गरिने कामका बारेमा उल्लेख गर्दै चुनावी घोषणा पत्र जारी गरिएको हो। नेपाली कांग्रेसले भेरीगंगा नगरपालिकामा नेतृत्व लिएमा आगामी पाँच वर्ष ‘जनजनको इच्छा, स्वास्थ्य र शिक्षा’ नारालाई अगाडि बढाउँदै काम गर्ने प्रतिबद्धता भेरीगंगा घोषणापत्रमा गरिएको छ।

शिक्षातर्फ नगरपालिकास्तरीय स्नातकोत्तर उत्र्तिण मानिसहरुको बौद्धिक समूह निर्माण गरी नगरपालिकाको समग्र शैक्षिक विकासको सम्भावना तथा अवसरका बारेमा नियमित छलफल अन्तरक्रिया गर्ने, उच्च क्षमतायुक्त मानव संशाधन तयार गर्ने, नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा व्यवसायिक शिक्षामा जोड दिने, प्राविधिक कार्यक्रम सञ्चालन गर्ने सामुदायिक विद्यालयलाई प्रोत्साहन गर्न अनुदानस्वरूप १० देखि २० लाख रुपैयाँ दिने प्रतिबद्धता कांग्रेसले समटेको छ।

विपन्न समुदाय तथा शारीरिक रूपमा अशक्तता भएका बालबालिकालाई लक्षित गरी व्यवसायिक आवासीय विद्यालयको निर्माण गरी गुणस्तरीय शिक्षा दिने, उच्च शिक्षा अध्ययन गर्ने गरीब, जेहेनदार, दलित छात्र छात्राहरुलाई छात्रवृत्तिको व्यवस्था गर्ने प्रतिबद्धतामा उल्लेख गरिएको छ। स्वास्थ्यतर्फ भौतिक संरचनाको निर्माण, स्वास्थ्य उपकरण औषधी तथा खोप व्यवस्थापन, विपन्न नागरिकलाई निशुल्क उपचारको प्रबन्ध, कर्मचारीहरूलाई उच्च मनोबल निर्माण गर्न प्रोत्साहन भत्ताको व्यवस्था गर्ने प्रतिबद्धता कांग्रेसको भेरीगंगा घोषणपत्रमा गरिएको छ।

मातृशिशु सुरक्षा कार्यक्रमअन्तर्गत् सुत्केरी महिलालाई प्रोत्साहनस्वरूप २ हजार रुपैयाँ उपलबध गराउने, नगरपालिका एम्बुलेन्स सेवा सबै वडामा सहज बनाउने ज्येष्ठ नागरिक र गर्भवती महिलाहरूलाई एम्बुलेन्स सेवा निःशुल्क दिने योजना अगाडि सारेको छ।

यस्तै, कृषिको सान, कृषकको मान, गाँउको पहिचान नाराका साथ कृषितर्फ काम गर्ने, भेरीगंगाको सम्वृद्धि उत्पादनमा वृद्धि भन्ने नाराका साथ एक गाँउ एक उत्पादन नीतिमा जोड दिई गाँउको पहिचान स्थापित गर्दै किसानको उत्पादन नगरपालिकाले खरिद गर्ने, ‘प्रतिभा पहिचान नगरपालिकाको सान’ कार्यक्रमअन्तर्गत् नगरपालिकामा विभिन्न क्षेत्रसँग सम्बन्धित प्रतिभाहरूको पहिचान गरी उनीहरूको थप विकासका लागि सहयोग गर्ने, नगरपालिकास्तरीय खेलकुद मैदान तथा वडा स्तरमा खेल मैदानहरू निर्माण गर्ने लगायतका प्रतिबद्धता कांग्रेसले अघि सारेको छ।

यस्तै, कांग्रेस भेरीगंगाले पुर्वाधार विकासतर्फ भूमिहीन तथा व्यवस्थित वसोबासको प्रबन्ध गर्ने, एक घर एक धाराको व्यवस्था गर्ने, सडक निर्माण गर्दा वातावरणीय स्वच्छता कायम गर्ने, नगरपालिकाको चक्रपथ निर्माण गर्ने जस्ता योजना घोषणापत्रमा उल्लेख गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *