गोरखा नगरपालिकामा एकीकृत समाजवादीले कांग्रेसलाई सघाउने, उम्मेदवारी फिर्ता

पोखरा । गोरखा नगरपालिकामा नेकपा एकिकृत समाजवादीले नेपाली कांग्रेसलाई सघाउने भएको छ ।

कांग्रेस सभापति चन्दनबाबु खत्री र एकीकृत समाजवादीका अध्यक्ष सीताराम बुढाथोकीले संयुक्त विज्ञप्ती जारी गरी दुई पार्टी मिलेर चुनावमा जाने निर्णय गरेका हुन् ।

निर्णयसँगै एकीकृत समाजवादीका उम्मेदवारले नगरपालिकामा दिएको प्रमुख र उपप्रमुखको उम्मेदवार फिर्ता बोलाएको छ । नगरपालिकाका १४ वटै वडामा तालमेललाई बलियो बनाउने सहमति पनि भएको छ ।

एकीकृत समाजवादीबाट नगर प्रमुखमा सानुमाया बस्नेत, उपप्रमुखमा यादब बस्नेतले उम्मेदवारी दिएका थिए ।

उनीहरू दुवैजनाले अब कांग्रेसका उम्मेदवारलाई सघाउने निर्णय एकीकृत समाजवादीले गरेको छ ।

गोरखाको मेयरमा कांग्रेसबाट राजनराज पन्त र उपमेयरमा मसलीमाया थोकर (सपना पुन) उम्मेदवार छन् । यहाँ माओवादी र जसपा मिलेर अर्को गठबन्धन बनेको छ भने एमालेले पनि आफ्नै उम्मेदवार उठाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *