उदयपुरको त्रियुगामा नमुना मतदान सम्पन्न

काठमाडाैँ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि उदयपुरको त्रियुगा नगरपालिकामा नमुना मतदान गरिएको छ ।

मतदान अधिकृतहरूको तालिमलाई प्रभावकारी बनाउन जिल्ला निर्वाचन कार्यालय उदयपुरले जिल्लाको सदरमुकाम गाईघाट स्थित बालमन्दिर माविमा नमुना मतदानको कार्य गरेको हो ।

निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूको लागि जिल्ला निर्वाचन कार्यालयले शुक्रबार, शनिबार र आईतबार तीन दिन तालिमको आयोजना गरको छ ।

नमुना मतदानमा जिल्ला निर्वाचन आयोग उदयपुरले मतदाता र निर्वाचनमा खटिने कर्मचारीलाई निर्वाचनमा मतदान गर्ने तरिका, केन्द्रको व्यवस्थापन लगायतका विषयमा जानकारी दिएको जिल्ला निर्वाचन अधिकारी खेमराज कोईरालाले जानकारी दिए ।

मतदानमा महिला, पुरुष, अशक्त र वृद्ध वृद्धाहरूको लाइन मिलाउने, मतदाता परिचयपत्र रुजु गर्ने, मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने र गोप्य स्थानमा पुगी उम्मेदवारहरूलाई मत दिन सिकाइएको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *