इलाममा निर्माणाधीन भवनबाट लडेर एकजनाको मृत्यु

इलाम । इलाममा निर्माणाधीन घरबाट लडेर एकजनाको मृत्यु भएको छ । सुर्योदय नगरपालिका–१२ स्थित करफोक माध्यमिक विद्यालयको निर्माणाधीन भवनबाट लडेर एक जनाको मृत्यु भएको हो ।

विद्यालयको ४ तले निर्माणाधीन भवनको माथि टिन (टस) लगाउने क्रममा भुईमा झरी घाईते भएका वाराको जितपुर नगरपालिका–५ गकुलियाका २५ बर्षीय पुकार चौधरीलाई उपचारको लागि झापा बुधवारेस्थित सिटि हस्पिटल लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =