पोखरामा एकीकृत समाजवादीको रणनीति : सबै छोडेर मेयर जित्ने

पोखरा । पोखरा महानगरको मेयरमा गठबन्धनबाट एकीकृत समाजवादीका नेता धनराज आचार्य प्रतिस्पर्धी छन् ।

एमाले र गठबन्धनबीचको प्रतिस्पर्धामा कसले बाजी मार्छ त्यो नतिजा अघि आँकलन गर्न निकै मुस्किल पर्छ । एकातिर नयाँ मतदाता र अर्कोतिर एमालेबाटै चोईटिएर बनेको पार्टीले अरू पार्टीलाई रिझाएर उम्मेदवारी दिएका कारण अहिले कसको पल्ला भारी हुने भन्ने आँकलन कठिन बनेको हो ।

यद्यपी एकीकृत समाजवादी जुनसुकै हालतमा गठबन्धनलाई रिझाउने र मेयर नफुस्काउने रणनीतिमा छ । यअसघि गठबन्धनसँग निहुँ खोज्दै उम्मेदवारी दिएका वडाका उम्मेदवारहरूको उम्मेदवारी फिर्ता लिन लगाइएको छ । आधिकारिक रुपमा यसअघि नै उम्मेदवारी भैसकेको छ । बाँकी रहेका उम्मेदवारले पनि गठबन्धनलाई सघाउने निर्णय गर्दै बाहिरिएका छन् ।

अहिले पोखरा महानगरपालिकामा नेकपा (एकीकृत समाजवादी) का २४ जनाका उम्मेदवारले आफू चुनाव नलड्ने घोषणा गरेका छन् । मेयर र उपमेयरमा सहयोग गर्ने र गठबन्धनकै जित सुनिश्चित गराउनुपर्ने भन्दै उनीहरू लचक भएका हुन् ।

उम्मेदवारी फिर्ता गर्नेमा वडाका खुला सदस्य, महिला सदस्य र दलित महिला सदस्य धेरै छन् । उनीहरू रेकर्डमा उम्मेदवार भएपनि चुनाव नलड्ने बताईसकेका छन् । पोखरा १ का खुला सदस्य ऋषिराम पौडेल, पोखरा २ की महिला सदस्य विष्णुमाया अधिकारी राणा, ४ का खुला सदस्य अनिल बहादुर कोइराला, ७ का खुला सदस्य नारायणकुमारी अधिकारी, ८ का खुला सदस्य शिवप्रसाद पौडेलले चुनाव नलड्ने घोषणा गरे ।

यस्तै, पोखरा ९ का बुद्धि रानाभाट र शोभा ढकाल,१० का नुना गुरुङ, ११ का कृष्णमान श्रेष्ठ, १२ का डिलाराम लामिछाने र ईन्दिरा पन्त,१३ का अज्मुदिन मियाँ र जितबहादुर सुनार, १४ का लालबहादुर विक र पार्वती थापामगरले गठबन्धनमा सघाउने निर्णय गरेका छन् ।

वडा नम्बर १६ का मनिष गुरुङ, १८ का चिन्तामणि लामिछाने, २२ का दिनेश बराल, २३ का नारायणप्रसाद पराजुली, २६ की शुकमाया गुरुङ, २७ की संगीता विक, ३२ की सुमित्रा अधिकारीले पनि नाम फिर्ता लिएको एकीकृत समाजवादीले जनाएको छ । पोखरासँगै अरू पालिकाका उम्मेदवारलाई समेत पार्टीले फिर्ता बोलाएको छ ।

यहाँ गठबन्धनबाट मेयरमा एकीकृत समाजवादी र उपमेयरमा कांग्रेसले टिकट पाएको छ । वडामा भने धेरैजसोमा एक्लाएक्लै उठेका छन् । विशेषगरी कांग्रेस र माओवादीले धेरै वडामा उम्मेदवार उठाएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *