षडानन्द नगरपालिकामा आगलागी, अढाई वर्षीय बालिकाको जलेर मृत्यु
२०७९ वैशाख २२ गते

फाइल फाेटाे
विराटनगर । भोजपुरको षडानन्द नगरपालिकामा आगलागीमा परि एक बालिकाको ज्यान गएको छ ।
बोया बिहीवारे बजारमा भिषण आगालागी हुदाँ अढाई वर्षिया वालिकाको ज्यान गएको हो । आगालागीमा परी स्थानीय खेममणी तामाङको अढाई वर्षिया छोरी रेश्मा तामाङको ज्यान गएको प्रहरीले जनाएको छ । अन्य २ जना घाइते भएका छन् ।
घाइते खेममणी तामाङ र मिना तामाङलाई थप उपचारको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाईएको जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी राजकुमार राई बताए । उनीहरू दुबै जना जलेर गम्भीर घाइते भएका छन् ।
खेममणी तामाङको पसलबाट सुरु भएको आगोले आफ्नैे घर र पसल, डम्बर तामाङको २ वटा घर तथा सोही घरमा रहेको हरि गोले तामाङको किराना पसल, अर्जुन तामाङको एक घर तथा होटल र सोही घरमा रहेको सुर्य तामाङको कपडा पसल र टेलर्स समेत जलेर पूर्ण रूपमा नष्ट भएकोछ ।
२०७९ वैशाख २२ गते
प्रतिक्रिया
सम्बन्धित









