‘एमालेले मात्रै देशमा स्थिरता दिन सक्छ’

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले मात्र देशमा स्थिरता र स्थायित्व दिनसक्ने दाबी गरेका छन्।

नेकपा एमालेद्वारा आज धनगढीमा आयोजित चुनावीसभामा पूर्वप्रधानमन्त्री ओलीले नेपाललाई विकास र सुशासनको बाटोमा लैजान स्थिरता र स्थायित्वको आवश्यकता रहेकोमा भन्दै सो स्थिरता एमालेबाहेक अरू कुनै पार्टीले दिन नसक्ने बताएका हुन्। उनले भने, ‘‘राष्ट्रियताको संरक्षण गर्ने र देशमा विकास र समृद्धि ल्याउन सक्ने शक्ति एमाले मात्रै हो।’’

सभामा एमालेका केन्द्रीय सचिव लेखराज भट्टले पनि समसामयिक विषयमा बोलेका थिए। एमाले अध्यक्ष ओलीले कैलालीको बर्दगोरिया, कञ्चनुपरको बेलौरीलगायत क्षेत्रमा आयोजित चुनावीसभालाई समेत आजै बिहीबार सम्बोधन गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *