कालिकोटकी जयाकुमारीकाे हराएको १० ताेला सुन फेला

सुर्खेत । प्रहरीले वीरेन्द्रनगर नगरपालिका–४ यरीचोकबाट हराएको १० तोला सुन र नौ हजार रुपैयाँ फेला पारेको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले कालिकोटको शान्नित्रिवेणी–४ घरभएकी जयाकुमारी देवकोटाको सुन र नगद रुपैयाँ फेला पारेको हो। जयाकुमारीले वैशाख २० गते साँझ ५ बजेको समयमा कालिकोटदेखि वीरेन्द्रनगर झरेर अटो चढ्ने क्रममा अटोमै सुनसहितको झोला छुटेको भन्दै खोजिदिनका लागि प्रहरीकहाँ वैशाख २१ गते निवेदन दिएकी थिइन्। उक्त निवेदनका अनुसार प्रहरी सहायक हवलदार विमल घर्तीसहितको सादा पोसाकमा खटिएको प्रहरी टोलीले वीरेन्द्रनगर–३ तातापानीबाट सुन र नगद रुपैयाँ फेला पारेको जनाएको छ।

प्रहरीका अनुसार आज बिहीबार सादा पोसाकमा खोजीकार्य गर्दै जादा वीरेन्द्रनगर–३ तातापानी हरिडिल भूमिस्थित सुकुमा तिरुवाको घर भाडामा बस्ने दैलेख नौमुले गाउँपालिका–८ घर भएका ३० वर्षीय कविराज सुनारको कोठाभित्र फेला पारि जयाकुमारीलाई बुझाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *