उम्मेदवारको घर नजिकै शंकास्पद वस्तु फेला
२०७९ वैशाख २२ गते

फाइल फोटो
विराटनगर । मोरङको सुन्दर हरैंचा नगरपालिका -११ शुक्रबारेमा शङ्कास्पद बस्तु फेला परेको छ । प्रहरीका अनुसार प्रेसर कुकर बम जस्तोदेखिने शङ्कास्पद बस्तु फेला परेको हो ।
बिहानै स्थानीयले शङ्कास्पद बस्तु देखेपछि प्रहरीलाई खबर गरेपछि अहिले प्रहरीसहित नेपाली सेनाको टोली डिस्पोजका लागि परिचालित भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनकाअनुसार नेकपा एमालेका उम्मेदवार जीवनाथ ढकालको घर नजिकै मकैवारिमा तारजडित अवस्थामा प्रेसर कुकर भेटिएको हो ।
शङ्कास्पद वस्तु तारजडित प्रेसरकुकरमा ‘कथित स्थानीय चुनाव बहिष्कार गरौँ’ भन्ने लेखेर टाँसिएको छ ।
२०७९ वैशाख २२ गते
प्रतिक्रिया
सम्बन्धित









