माटोमा पुरिएर जुम्लामा दुई बालकको मृत्यु

काठमाडौँ । जुम्लाको तिला गाउँपालिका–२ मा घरको जग लगाउँदै गर्दा आएको सुक्खा पहिराले दुई बालकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार तिला– २ लिहीका स्थानीयवासी रणबहादुर बोहोराको घरको जग लगाउँदै गर्दा खेलिरहेका दुई बालकको सुक्खा पहिराले च्यापिएर मृत्यु भएको जानकारी दिए। जग लगाउँदै गरेको घरको माथिबाट सुक्खा माटो आएपछि तीन वर्षीय बालक शिशिर बोहोरा र हिमिश रावलको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक चन्दले जानकारी दिए।

पहिरोसँगै च्यापिएर काम गर्न गएकी रणबहादुर बोहोराकी पत्नी लक्ष्मी बोहोरासमेत घाइते भएकी छन्। घाइते बोहोरालाई थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको प्रहरीले जनाएको छ। मृतक शिशिर रणबहादुरका छोरा हुन्। घाइते लक्ष्मी बोहोरासँगै ती बालक सो स्थानमा पुगी खेलिरहेका थिए। अर्का बालक हिमिश भने नजिकै नातेदारको छोरा रहेका र घर बनाउने स्थानमा खेल्न गएका थिए।

गत वैशाख ९ गते राति सोही गाउँपालिका–३ सार्कीबाडामा मानसिंह सार्कीको घर आगलागी हुँदा चार बालबालिकाको जलेर मृत्यु भएको थियो। सो घटना नसेलाउँदै आज डण्डेलीमा माटोमा पुरिएर पुनः दुई बालकको मृत्यु भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *