सवारी चालकहरूमा ज्ञानको कमी

सुर्खेत । सवारी चालकहरूमा हुनु पर्ने गुण तथा ज्ञानको कमी भएको सरोकारवलाहरूले बताएका छन् । बुधबार वीरेन्द्रनगरमा भएको ट्राफिक सचेतनामुलक अन्तरक्रिया कार्यक्रममा सरोकारवलाहरूले यस्तो बताएका हुन् ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा भएको मर्यादित यातायात सेवाका लागि सार्वजनिक सवारी चालक तथा सह–चालकहरूसँग ट्राफिक सचेतनामुलक अन्तरक्रिया कार्यक्रममा केही सवारी चालकरुमा सवारी साधन तथा ट्राफिक किताबमा अध्ययनको कमी भएको बताएका हुन् ।

उक्त कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कर्णाली प्रदेश संयोजक रमेशकुमार सापकोटाले सबै चालकहरूका शिक्षाको आवश्यक हुनु पर्ने बताए ।

उनले भने, ‘धेरै जसो सवारी चालकहरूमा सवारी तथा ट्राफिक किताबको अध्ययन हुन जरुरी छ, प्रहरी हाम्रो साथि हो भनेर अगाडि बढेर जानू पर्छ अनि मात्रै ज्ञानको विकास हुन्छ भने दुर्घटना न्युनीकरणका लागि धेरै नै सहयोग पुग्ने छ ।’

साथै सवारी दुर्घटना न्युनिकरणका लागि सरकारले पनि यातायात व्यवसायीको समस्या सुनेर बुझेर त्यहि अनुसारको कानुन बनाएपछि दुर्घटना न्युनीकरणमा टेवा पुग्ने सापकोटाले बाताए ।

सापकोटाले कर्णाली राजमार्गलाई हाल मृत्यु राजमार्ग भनेर चिनिने गरेको भन्दै यस राजमार्गलाई व्यवस्थित मार्ग मन्त्रालय बनाउनुपर्ने माग राखे ।

यस्तै, सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले सवारी साधनहरूको चाप बढेसँगै दुर्घटना पनि बढिरहेकाले यसमा सरकारले न्युनीकरणमा लिनुपर्ने बताए ।

कँडेलले भने, ‘सवारी साधनहरूको दिनप्रति दिन चाप बढ्दै गएको छ । सडक पनि हिजो भन्दा आज ठुला र चौडा भएका छन् । तर, सडकमा चाहिने आवश्यक सामाग्रीहरू राखिएका छैनन् । यसमा सरकारले तत्काल एक्कसन लिनुपर्छ ।’

यस्तै, कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले चालकको लापरबाहीले धेरैने दुर्घटना हुने गरेको बताए ।

उनले ८७ प्रतिशत सवारी चालकको लापरबाहीले सवारी दुर्घटनामा पर्ने गरेको बताए । ३ प्रतिशत तिव्र गतिले, ३ प्रतिशत ओभरट्याक, ३ प्रतिशत सवारीको ईन्जिनियर समस्या र १ प्रतिशत सडकमा भएको गडबडीका कारण सवारी दुर्घटना पर्ने बताए ।

यस्तै, प्रहरी उपरीक्षक तिवारीले प्रतिघण्टा ३० नम्बर गतिमा सवारी साधान चलाएपछि सवारी दुर्घटनामा कमी आउने र न्युनीकराणमा सहयोग पुग्ने दाबी गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *