कांग्रेसले हार्ने डरले गठबन्धन गरेको हैन : महामन्त्री शर्मा

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस कमजोर भएर गठबन्धन गरेको भन्ने कुरा निराधार भएको बताएका छन् ।

विराटनगरमा नेपाली कांग्रेसले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले राष्ट्रिय आबश्यकताका आधारमा चुनावी तालमेल भएको बताएका हुन् । ‘कमजोर भएर तालमेल नगरेको बताएका शर्माले २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसले २६६ स्थानीय तहको चुनावमा कांग्रेसले जितेको थियो’, उनले भने, ‘एमालेभन्दा २७ स्थानीय तहमा मात्र कम विजयी भएको अवस्था थियो, अब ६२४ स्थानीय तहमा प्रमुख पद लिएर गठबन्धन भएको हो ।

सबैलाई मतदानमन सहभागी हुन आग्रह गर्दै उनले मत दिनु भनेको कसैलाइ दण्डित गर्नु पनि भएको बताए ।

हिजो कसले टिकट पायो आज कसले टिकट पायो भन्नेतर्फ नलाग्न उनले कार्यकर्तालाई आग्रह गरे । ‘कसले टिकट पाउो पाएन भनेर । नहेरिदिनु होला’, उनले भने, ‘रूख हेर्ने हो, मुख हेर्ने हैन, गठबन्धन भएको छ भने उनीहरूलाई भोट हाल्नुस् ।’

हिजाको चुनाबमा एउटाले न्याय पायो होला आजको चुनावमा अर्कोले न्याय पाएको बताएका उनले कसैलाई टिकटको विषयलाई नलिएर चुनावमा सहभागी भई कांग्रेस जिताउने अभियानमा लाग्न आग्रस गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + seventeen =