निर्वाचन कार्यालयले खोस्यो चुनावमा प्रयोग भएका माइक

पोखरा । पोखरामा राजनीतिक पार्टीहरूले चुनाव प्रचारका लागि प्रयोग गरिएका माइक समातिएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले अनुगमन गरेर माइक बरामद गरिएको हो । निर्वाचन अधिकृत निल पनेरूका अनुसार १५ वटा माइक बरामद गरिएको छ ।

‘हामी कार्यालयबाट निस्किएपछि दुईवटा रुटमा डुल्यौँ । अमरसिंहबाट बाँझापाटन हुँदै महेन्द्रपुल तिर एउटा भयो भने विरौटा र लेकसाइड क्षेत्रमा अर्को टोलीको अनुगमन थियो,’ उनले भने, ‘आचारसंहिता विपरीत भएर नै बरामद गरिएको हो ।’

जनशक्ति र क्षमताले भ्याएसम्म अझै अनुगमनलाई कडाई गरिने उनले बताए । उम्मेदवार र राजनीतिक पार्टीहरूलाई पटक पटक आचार संहिताबारे जानकारी गराएपनि अटेरी गरेको पनेरू बताउँछन् । ‘उम्मेदवार र दलहरू सचेत भएनन् । झन बजाउँदै हिँडेका छन्,’ उनी अघि भन्छन्, ‘अझै उहाँहरूलाई बोलाएर सचेत गराउछौँ ।’

बरामद भएको माइक दलका नेता र उम्मेदवारहरूलाई नै बोलाएर सचेत गराएर पठाउने उनको भनाई छ । अधिकांश माइकहरू ठूला राजनीतिक पार्टीका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *