पालुङटारमा कँडेलले भने : जसपाले भोट हाल्छ भन्ने के ग्यारेन्टी छ ?

पोखरा । नेपाली कांग्रेसबाट पालुङटारको मेयरमा उम्मेद्वारी दिएर फिर्ता लिन लगाईएका दीपकबाबु कँडेलले कांग्रेसलाई पालुङटारमा अस्तित्व चाहिने बताएका छन् ।

उनले प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवालाई समेत भेटेर जनता समाजवादीले यसअघि पनि कांग्रेसलाई मत नदिएका कारण हारेको भन्दै अहिले सोही अवस्था आउनसक्ने बताए ।

‘मैले मलाई केही मागेको छैन । कांग्रेसलाई शून्य बनाउने पालुङटारमा ? उपमेयर पनि हार्यो र वडाध्यक्ष पनि हार्यो भने के हुन्छ ?,’ उनले भने, ‘उनीहरूले भोट दिन्छ भन्ने के ज्ञारेण्टी छ ? हामीले समस्या भोगेर आएका छौँ, मैले केही बार्गेनिङ गरेको छैन । मेरो एउटा मात्रै कुरा पालुङटारमा हाम्रो अस्तित्व देखाउन लागेको हुँ ।’

उनले कांग्रेसलाई शून्य बनाउने गरी आफूले सम्झौता कुनै हालतमा नगर्ने अडान दोहोर्याएका छन् । ‘कांग्रेसलाई तिलान्जली दिएर सम्झौता गर्दिनँ । मलाई वडाध्यक्षका उम्मेद्वार साथीहरूले भन्नुभयो र काठमाडौं गए,’ उनी भन्छन्, ‘कांग्रेसलाई जीवन्त बनाउनका लागि म जे पनि कुर्वानी गर्न तयार छु । कांग्रेसले कति वडा पाउने हो रु त्यसको टुंगो लाग्नुपर्यो नि त । वडामा चाहिँ फाइट गर्ने अनि मेयरमा मात्रै सघाउने ?’

कँडेलले पालुङटारको नेतृत्वका लागि डा. बाबुराम भट्टराई लम्पसार परेको आरोप लगाएका छन् । ‘बेलुकी ६ घण्टा समय बिताएको छु । आदरणीय बाबुराम जिका श्रीमान्/श्रीमति हुनुहुन्थ्यो । लम्पसार पर्नुभएको थियो,’ अघि भने, ‘म छिर्ने बित्तिकै यहाँ कुरा गर्दिन भनेपछि सभापति ज्यूले उहाँहरूलाई निकालिदिनुभयो । अनि कुरा गरेर आएको हुँ । उहाँहरू लागि पर्नुभएको छ ।’

कांग्रेसलाई आस्वस्त हुने गरी प्रतिबद्धता पाए आफूले छोड्ने उनको भनाई छ । ‘२ भोट ४ भोटले चुनाव हारेका छौँ, उहाँहरूको कारण । पालुङटार कांग्रेस आस्वस्त हुने वक्तव्य आयो भने मिल्छ । नत्र मिल्दैन,’ कँडेल भन्छन्, ‘मसँग मिल्छ भन्नुभएको थियो, तर आज मिलेको छैन भन्नुभएको छ । यसरी हुँदैन ।’ कँडेललाई मेयरको उम्मेद्वारबाट फिर्ता बोलाउने निर्णय भएपछि पालुङटारको नगर कार्यसमिति कार्यालयमा तालाबन्दी भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *