देशका सबै क्षेत्रकाे अडिट गरिनुपर्छ : अर्थमन्त्री शर्मा
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
![देशका सबै क्षेत्रकाे अडिट गरिनुपर्छ : अर्थमन्त्री शर्मा](https://www.makalukhabar.com/wp-content/uploads/2022/04/Janardan-sharma-_-MK-1.jpg)
काठमाडाैँ । अर्थमन्त्री जनार्दन शर्माले बित्तिय सुशासनको क्षेत्रमा इमानदारिता, स्वच्छता र जिम्मेवारीबोधको आवश्यकता रहेको बताएका छन् ।
मंगलबार काठमाडौँमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले वित्तीय सुशासनका लागि लागि लेखापरीक्षण निकाय, नियमनकारी संस्थाहरूको भूमिका सही हुन नसक्ने त्यसले धेरै फरक पार्ने बताएका छन् ।
उनले नियामकीय संघ–संस्थाहरूमा एउटा टुल्स प्रयोग गर्नेमा अर्को प्रयोग गरेमा त्यसले ठूलो चुनौती ल्याउने महसुस आफूले गरेको धारणा राखे ।
अर्थमन्त्री शर्माले टुल्स प्रयोग गर्दा व्यक्तिगत स्वार्थ राख्यो भने त्यसले राष्ट्रिय रूपमा ठूलो समस्या ल्याउने देखिएको जिकिर गरे । उनले अडिट भनिरहँदा हिसाबकिताब मात्र नभई देशको विभिन्न क्षेत्रको अडिट गर्नुपर्ने बताए ।
उत्पादनको र कृषि जमिन, श्रम , देशको बहुआयामिक गरिबी लगायतको पनि अडिट गर्नुपर्ने उनकाे भनाई छ ।
उनले आजको दिनमा अर्थ क्षेत्रमा देखिएको समस्याको जिम्मेवार आफु भएपनि हिजो दिनमा भएका गलत अडिटको पनि खोजी गर्ने स्पष्ट पारे ।
उनले नेपालमा उत्पादनको क्षेत्र धेरै पनि तीन खर्बको खाद्यवस्तु आयात गर्नुपर्ने अवस्थाको पनि परिक्षण गर्नुपर्ने धारणा राखे ।
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)