मुख्यमन्त्री शाहीद्वारा इदको शुभकामना

काठमाडौँ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इद (इद उल फित्र)का अवसरमा शुभकामना व्यक्त गरेका छन्।

उनले कर्णालीवासीलगायत देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीलाई विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, मेलमिलाप र भातृत्व अभिवृद्धि भई इदले सम्पूर्ण मौलिक संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गराउने उत्प्रेरणा सबैमा जगाओस् भन्ने शुभकामना व्यक्त गरेका छन्।

आज शुभकामना सन्देश जारी गर्दै उनले भनेका छन्, “विविधता नै नेपाली समाजको पहिचान र सामर्थ्य हो। मुलुकमा रहेका अनेकौं, जातजाति, भाषा, धर्म र संस्कृतिलाई एकताको मालामा गाँसेर हाम्रो संविधानले सबैलाई समान अवसर प्रदान गरेको छ। संविधानको यस पवित्र भावनालाई आत्मसात गरी नेपालको राष्ट्रियता र राष्ट्रिय एकताको प्रवर्द्धन गर्नु हामी सबैको साझा कर्तव्य हो।”

इदले नेपालीहरूबीच राष्ट्रियता एकता र सांस्कृतिक ऐक्यबद्धताको भावना सुदृढ गरी सभ्य, समुन्नत र समृद्ध समाज निर्माणका लागि प्रेरणा पैदा गरोस् भन्दै उनले सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना प्रदान गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *