गोरखामा जन्ती बोकेको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

गोरखा । चितवनको खोलेसिमलबाट गोरखा गएको जन्ती जिप फर्कनेक्रममा दुर्घटनामा परेको छ । दुर्घटनामा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका एसपी केदार खनालले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा काठमाडौँ महानगरपालिका-१६ वनस्थलीका ५० वर्षका पदम न्यौपाने, गोरखाको बारपाक सुलिकोट ५ चनौटेका ४५ वर्षका देवीप्रसाद पोखरेल र नवलपरासीको कावासोती नगरपालिका-१४ का ८० वर्षका उत्तरकुमार सिग्देल रहेका छन् । जिप चालक भरतपुर २७ धर्मपुरका घनश्याम काफ्ले सकुशल छन् ।

गोरखाको सिरानचोक गाउँपालिका-४ आरुबोटेमा चितवनबाट जन्ती लिएर गएको थियो । जन्ती लिएर फर्कनेक्रममा जिप भीरबाट खसेको थियो । बा १४ च ७८१ नम्बर को स्करपिओ जिप जन्तीहरूलाई चढाउनेक्रममा भीरबाट खसेको एसपी खनालले जानकारी दिए ।

जन्ती बोकेको गाडी र बेहुलाबेहुली चढेको अर्को गाडी पहिले नै सिरानचोकबाट चितवनको लागि छुटिसकेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *