कैलालीमा बागी उम्मेदवारी दिएकालाई कारबाही गर्ने गठबन्धनको निर्णय

धनगढी ।कैलालीमा गठबन्धन दलले बागी उम्मेदवारी दिएका व्यक्तिलाई कारबाही गर्ने निर्णय गरेको छ । गठबन्धन तीनले सोमबार धनगढीमा पत्रकार सम्मेलन गर्दै जिल्लाका विभिन्न स्थानीय तहमा बागी उम्मेदवारी दिएर फिर्ता नलिएका व्यक्तिलाई कारबाही गर्ने निर्णय गरेको जानकारी दिएको हो ।

जारी विज्ञप्ति अनुसार नेकपा एकीकृत समाजबादीको तर्फबाट चुरेमा उपाध्यक्ष पदमा मनोनयन दिएका कृष्णकुमार खत्री, नेकपा माओवादी केन्द्रका चुरेका अध्यक्षका उम्मेदवार टेकबहादुर रजबार, सोही पार्टीका उपाध्यक्षका उम्मेदवार डिला सिजापती, कैलारी गाउँपालिकामा काँग्रेसको तर्फबाट अध्यक्षका उम्मेदवार राजसमझ चौधरी, सोही पालिकामा माओवादी केन्द्रको तर्फका उपाध्यक्षका उम्मेदवार लक्ष्मी सत्गौवा गठबन्धनका उम्मेदवार नभएको भनिएको छ ।

यस्तै नेपाली काङ्ग्रेसको तर्फबाट जोशीपुर गाउँपालिकाको उपाध्यक्षका उम्मेदवार किरण चौधरी र गोदावरी नगरपालिकामा माओवादी केन्द्रको तर्फबाट मेयरका उम्मेदवार बिक्रम बिक र उपमेयरका उम्मेदवार रिमा खड्का गठबन्धनका उम्मेदवार नभएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

बागी उम्मेदवारलाई कारबाही गर्ने निर्णय गर्ने भएपनि कस्तो कारबाही गर्ने भन्ने भने खुलाइएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *