गठबन्धनकै नेताले भने- ‘पोखरामा मेयर, उपमेयरसहित २० वडा हार्छौं’

पोखरा । पोखरामा एकीकृत समाजवादीको नेतृत्वमा सत्ता गठबन्धन छ । मेयरमा एकीकृत समाजवादीका उम्मेदवार छन् भने कांग्रेसले उपमेयर पाएको छ । एमालेपछि सबैभन्दा धेरै मत पाएको कांग्रेसले मेयरको टिकट पाएन । त्यसैले यहाँका ३३ वटै वडामा कांग्रेसले दाबी छोडेन ।

माओवादी, जनता समाजवादी र जनमोर्चा पार्टी रित्तैजस्तो छन् । केही वडाहरूमा मिलेर पनि चुनाव लडेका छन् । तर धेरै वडामा कांग्रेस, माओवादी, समाजवादी लगायतको उम्मेदवार कायम छन् । मेयर र उपमेयरमा मात्रै गठबन्धन हुँदा नतिजा राम्रो ननिस्किने धेरैको आँकलन छ ।
यही सन्दर्भमा जनता समाजवादीका एक नेताले सामाजिक सञ्जालमार्फत गठबन्धनको लज्जास्पद हार हुने आँकलन सहितको स्टाटस लेखेका छन् । ‘पोखरामा सत्तारूढ गठबन्धन पुरै असफल भइसक्यो । मेयर÷उपमेयर सहित कम्तीमा २० वडाध्यक्ष विपक्षी एमालेले जित्ने देखियो,’ उनले लेखेको स्टाटस हो ।
अहिले पनि गठबन्धनका उम्मेदवारहरु साझा भनिएपनि कांग्रेसले समाजवादीको प्रचार गरेको छैन भने समाजवादीले कांग्रेसको प्रचार गरेको छैन । उनीहरूले आ-आफ्नै झण्डा बोकेका छन् । गठबन्धनलाई भोट त मागेका छन् तर चुनाव चिन्ह भन्न समेत हिचकिचाउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *