मजदुर आन्दोलन नेतृत्व गरेको मिल्स एरियाको फेरिएको कथा

विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर १५ को मिल्स एरियामा एउटा टेलर छ ।

सानो कोठाभित्र रहेको टेलर चलाउने व्यक्ति हुन् ६५ वर्षीय निमुद्दीन अन्सारी । उनका बुबा रामजान अन्सारी यही मिल्स एरियाकै उद्योगहरूमा काम गरेरै देह त्याग गरे । विराटनगर जुट मिलमा काम गर्दै आन्दोलन गर्नेमध्येका अन्सारीको परिवार अहिले पनि त्यही जुटमिलको अगाडी टेलर चलाएर जीवन गुजारा गर्दैछ । उनका बुबा नेपालकै जेठो विराटनगर जुट मिलमा काम गर्थे ।

गिरिजाप्रसाद कोइरालाहरूले आन्दोलन चलाउँदा उनका बुबाले पनि सँगै आन्दोलन गरेको उनी सम्झन्छन् । विसं. २००१ सालतिर राणा विरोधी आन्दोलनमा गर्दा उनको बुबाले पनि सँगै आन्दोलन गरेको सुनाउने गरेको अन्सारीको भनाई छ । ‘गिरिजाप्रसाद कोइरालासहितको आन्दोलनकारीको टोलीका अर्का नाइके मेरा बुबा थिए’, उनले भने, ‘राणालाई ढलाउने शक्तिशाली विराटनगर जुटमिल अहिले आफैँ ढलेको छ ।’

विराटनगरको मिल्स एरियामा बस्नेहरू अधिकांश जुटमिलमा काम गर्नेका परिवार छन् । जुटमिल हुँदासम्म सबैले भित्रको सेवा सुविधा पाउँथे । उद्योगले मजदुरका घरहरूमा राशन उपलब्ध गराउँथ्यो । चामल, तेल, ग्यास लगायतका सबै कुरा दिने गर्थ्यो । उद्योगभित्र नै मजदुरका छोराछोरी बढ्नको लागि विद्यालय नै थियो, त्यो विद्यालयमा अन्सारी पनि बढ्थे । ‘मेरा बुबा जुटमिलको स्पीरिङ डिपार्टको सरदार थिए, उनले भने, त्यो बेला विद्यालयमा पढ्न जाँदा भोक लागेको बेला बंगलामा गएर हामी फलफूल मागेर खान्थ्यौँ ।’

त्यो सबै अहिले ध्वस्त भएको छ । जुट मिल ध्वस्त पर्नुलाई उनी काँग्रेसलाई दोष लगाउँछन् । त्यो बेला सरकारको नेतृत्व लिएको सरकारको हिसाबले नैतिक रूपमा काँग्रेसले जिम्मेवारी लिनु पर्ने उनको भनाई छ। त्यो अहिले अहिलेसम्म पनि चलिरहेको भए धेरै मजदुरका छोराछोरी बेरोजगार भएको बस्नु पर्ने अवस्था आउने थिएन । जुटमिल बाहिरको रूप नै अर्को हुने थियो ।
अहिले मिल्स एरियाको अवस्था नै फरक छ । उद्योग बन्द भएपछि कोही कमाउन दिल्ली पुगे कोही कोही दुई छाक टार्न कहाँबाट कमाएर ल्याउनु र गुजारा चलाउनु भन्ने अवस्थामा पुगेका छन् ।

विराटनगर महानगरपालिका वडा नम्बर १६ का मोहम्मद मैनुद्दिन अहिले मजदुरको नेतृत्व लिएको मिल्स एरियाका मजदुरहरू अहिले मजदुरीको लागि भारतीय बजार जानु पर्ने बाध्यतामा पुगेको बताउँछन् । पहिला भारतीय कामदार आएर काम गरेको उनकै आँखा अघि हो ।

यो जुटमिलमा काम गर्ने नेपाली भन्दा धेरै भारतीयहरू नै थिए । उनका बुबा गणपति कटन मिलमा काम गर्थे । आर्थिक अवस्था कमजोर रहेका कारण उनका बुबा रफिक गणपति कटन उद्योगमा काम गर्थे र परिवार चलाउँथे । पछि बिस्तारै त्यहीँ काम गर्दागर्दै आफैँले कपडा सिलाउने काम सिके र टेलरिङ सञ्चालन गर्न थाले ।

उद्योग राम्रोसँग सञ्चालन हुँदा त ठिकै थियो तर उद्योग नै बन्द हुने अवस्थामा आएपछि परिवार नै मिलेर टेलरिङ पेसा अँगाले । अहिले मैनुद्दिनका बुबा रफिककोे निधन भई सकेको छ। ‘त्यो बेला कामको कमी थिएन, उद्योगहरूको पनि कमी थिएन, मजदुरको कमी थिएन, पैसाको पनि कमी थिएन, उनले भने, भएका उद्योगहरू सलाई, साबुन, पिठो, जुट मिल लगायत सबै बन्द भएपछि काम खोज्दै भौँतारिनु परेको छ।’

कोही चिया पसलमा गिलास धोएको छन् भने कोही दिल्लीमा काम गर्न जानु पर्ने अवस्था रहेको उनले सुनाए । जनताको सरकार भनिए पनि अहिलेका कुनै पनि सरकारले मजदुरका गुनासाको सुन्ने र सम्बोधन गर्ने काम गरेनन् ।

प्राथमिकतामा परेनन् मजदुरका कुरा

मिल्स एरियाको हड्ताली हाटमा नेपाली काँग्रेसले १३३ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउँदै थियो । विराटनगरको पाञ्चालीमा नेकपा एमालेले मे दिवस मनायो । यी दुवै कार्यक्रममा मजदुरका समस्यालाई सम्बोधन गर्ने, उद्योग बढाउने भन्ने भन्दा पनि आफ्ना चुनावी भाषण सुनाउने र भोट माग्ने थलो बनाए ।

माथिका प्रतिनिधि पात्रहरूले उठाएका मजदुरी गर्ने र बिहान साँझ छाक टार्ने खालका चुनावी मुद्दा नबन्दा निर्वाचन पछि पनि मजदुरका मुद्दा प्राथमिकतामा नपर्ने भन्ने उनीहरूको गुनासो छ। नागरिकका गुनासालाई सम्बोधन गर्नेगरि स्थानीय सरकारहरूले रोजगारी सिर्जना गर्ने खालका नीति लिनु पर्ने विज्ञहरूको भनाई छ।

प्रतिक्रिया

2 thoughts on “मजदुर आन्दोलन नेतृत्व गरेको मिल्स एरियाको फेरिएको कथा

  1. Junai partiko sarkar aaos yo mill purna sanchalan garnu paryo, yadi sarkarle nasake exxuk client le chalaos puranai subidha diyera akdamai ramro kada niyam anusar jaha rajnitik vanne kurai nahos sanchalan gare sthaniya bashiharuko khusiyali farkine Ra pariwar sangai 2 xak khana Ra aanandako nindra lagnex.baki kura sable bujdaxa abujh navaidiyos..vote ko lobhma Parera dukhako din samjheko nahis..Jay nepal 🇳🇵🇳🇵🇳🇵

  2. Nepalkai no 1 thulo udhog biratnagar jute mills jaha 10 hajar majdurle Kam paune Ra 40 hajar sthaniya bashiko pet bharne sathai sunder vabisya banne biratnagarko matra navai deshkai shaan pani vanna sakinx tesaile, junai parti sarkar aaos yadi sarkarle nasake exxuk client le purna sanchalan garios pahile Kai subidha kada safa ramro niyan kanoon jaha rajnitik vanne kura nahos.. Tara sabai vanda thulo kura sthaniya bashiko autai boli Ra aktapan hunu jarurix vandai aafno pratikriya tungyauna chahe.dhanyawad! Jay nepal 🇳🇵🇳🇵🇳🇵

Leave a Reply

Your email address will not be published. Required fields are marked *