स्याङ्जामा एमाले-कांग्रेस कार्यकर्ता खुकुरी हानाहान

पोखरा । स्याङ्जाको चापाकोटमा एमाले र काँग्रेस कार्यकर्ताबीच खुकुरी हानाहान भएको छ । चापाकोट १० मा भएको झडपमा परि एमालेका एक कार्यकर्ता घाइते भएका छन् ।

एमालेको चुनावी कार्यक्रम सकेर घरतर्फ फर्कँदै गर्दा झडप भएको प्रहरीले जनाएको छ । स्थानीय सुन्तलीटारमा घटना भएको हो । खुकुरी प्रहारबाट एमाले कार्यकर्ता नारायण मगर घाइते भएका हुन् । उनको थप उपचारका लागि पोखरा पठाइएको छ ।

घटनामा संलग्नको पहिचान भैसकेको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । ‘घटना कसले घटायो भन्ने थाहा भैसकेको छ । उनीहरू फरार छन्,’ डीएसपी रवीन्द्र खनालले भने, ‘खोजी भइरहेको छ ।’

घटनामा संलग्न २ जना रहेको बताइएको छ । प्रारम्भिक अनुसन्धानका आधारमा राजनीतिक कारणले नै झडप भएको अनुमान छ ।

प्रतिक्रिया

One thought on “स्याङ्जामा एमाले-कांग्रेस कार्यकर्ता खुकुरी हानाहान

  1. राजनीति चेतना को अभाब भनेको यही हो उपल्लो तहमा बसेर बाहुनहरुले ताली पडकाएर रमीता हेर्दै आनन्द लिईरहेको हुन्छ भने तल्लो तहमा भीडन्त गरेर क्षत बिक्षत सहदै मार खादै तँ काँग्रेस म काँग्रेस भन्दै मर्ने फेरी उही नाक थेप्चे आँखा चिम्से बर्ण मात्र हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − 2 =