मजदुर आन्दोलनमा विराटनगरको महत्त्वपूर्ण योगदान छ : मुख्यमन्त्री राई

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश १ श्रमिक आन्दोलनले सम्झनै पर्ने महत्त्व बोकेको ठाउँ रहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश दिँदै राईले नेपालको प्रजातान्त्रिक संघर्षको इतिहासमा विराटनगरले मजदुर आन्दोलनको महत्त्वपूर्ण योगदान रहेको बताए । ‘वि।सं। २००७ सालमा प्रदेश १ को औद्योगिक नगरी विराटनगरबाट नै श्रमिक मजदुरहरूले प्रजातन्त्रको बिगुल फुकेका थिए,’ ‘उनको शुभकामना सन्देशमा भनिएको छ, मजदुरहरूले सुरु गरेको नेपालको प्रजातान्त्रिक आन्दोलनको म यस बेला विशेष स्मरण गर्न चाहन्छु ।’

मुख्यमन्त्री राईले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना दिँदै सबै नेपाली श्रमिक तथा मजदुरहरूले आफ्नो हक/अधिकारको पूर्ण जीवनोपयोगी र सार्थक रूपमा प्रयोग गर्न सकुन् भनेका छन् ।

मजदुर तथा श्रमजीवी वर्गको एकता, संघर्ष र बलिदानीबाट आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनसहितको अधिकार स्थापित भएको स्मरण गर्ने गौरवमय दिनको रूपमा हरेक वर्ष मे १ लाई विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवसको रूपमा मनाइन्छ । सन् १८८६ मे १ मा अमेरिकाको शिकागो शहरमा मजदुरहरूले अधिकार प्राप्तिका लागि शान्तिपूर्ण आन्दोलन गरेका थिए ।

व्यापक धरपकड र दमन भएको उक्त आन्दोलनको तीन वर्षपछि सन् १९८९ मा फ्रान्समा सम्पन्न विश्वका मजदुर र रोजगारदाताहरूबीचको बैठकले मे १ लाई अन्तर्राष्ट्रिय श्रमिक दिवसको रूपमा मनाउने निर्णय गरेपश्चात् आजसम्म यो दिवस मनाउँदै आएको छ । यो वर्ष १३३औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *