गठबन्धन र बागीको समीक्षा चुनावपछि हुन्छ : निधी

विराटनगर । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले अहिलेको गठबन्धनको बारेमा चुनाव पछि समीक्षा हुने बताएका छन् । गठबन्धन भित्र देखिएका बागी उम्मेदवार र उनीहरूको उम्मेदवारीको बारेमा अहिले आफू केही बोल्न नसक्ने भएपनि निर्वाचनपछि यो बारेमा समीक्षा हुने बताएका हुन् ।

आज बिहान विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै निधीले नेपाली कांग्रेस आफ्नो उम्मेदवार जिताउन लागि परेको बताउँदै कसैले बागी उम्मेदवारी दिएको बारेमा त्यो समीक्षाको विषय हुने बताए ।

गठबन्धन गरेको विषय ठिक की बेठिक भन्नेबारेमा अहिले बोल्न नमिल्ने प्रतिक्रिया दिए । ‘हामी चुनावी मैदानमा होमिएका छौँ, उनले भने, अहिलेकै अवस्थामा केही बोली हाल्ने बेला भएको छैन, गठबन्धन र बागी उम्मेदवारको बारेमा चुनाव पछि समीक्षा गरौँला ।’

अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा विराटनगरमा आयोजित कार्यक्रममा सहभागी हुन निधी विराटनगर आएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *