सुदूरको ‘छाइल’माथि राजधानीमा विमर्श

काठमाडौँ । डोटीका चर्चित युवा कवि लोकराज भट्टको पहिलो कृति ‘छायल’ उपन्यासको विमोचनसहितको विमर्श काठमाडौँमा एक कार्यक्रमकाबीच भएको छ । उपन्यासको विमोचन साहित्यकार अभय श्रेष्ठ, मानव अधिकारकर्मी मोहना अन्सारी, पत्रकार तथा समीक्षक राजकुमार बानियाँ र लेखक भट्ट स्वयंले गरेका हुन् ।

एक महिनाअघि बुक्स हिमालयले बजारमा ल्याएको उपन्यास माथि वक्ताहरू साहित्यकार अभय श्रेष्ठ र मानव अधिकारकर्मी मोहना अन्सारी र लेखक स्वयं लोकराज भट्ट विमर्श गरेका थिए । कार्यक्रमको सहजकर्ताको रूपमा पत्रकार तथा समीक्षक राजकुमार बानियाँ थिए भने कार्यक्रम सञ्चालन सुमन थापाले गरेका हुन् ।

साहित्यकार अभय श्रेष्ठले उपन्यासले सुदूरका मौलिक कथाहरूको छायल प्रस्ट रूपमा प्रस्तुत गरेको बताए । उपन्यासको मीठो भाषा शैलीले पनि पाठकले उपन्यास पढ्न शुरु गरेपछि पुरै पढी नसकेर नरोकिन विश्वास व्यक्त गर्नु गरे । द्वन्द्वकालको कथा, बाल्यकालदेखि युवा अवस्थासम्मको प्रेम, समाजको यथार्थमा जोडिएका सम्पूर्ण कथाहरूमा संघर्षको कथा जोडिएको पक्ष बढी मन परेको उनको भनाई थियो ।

मानवअधिकारकर्मी मोहना अन्सारीले नेपालको पूर्वी भागको कथाले नेपाली साहित्य बजार छोपी रहँदा बजारमा सुदूरपश्चिमको मौलिक कृति आउनु आफैँमा सुखद भएको बताइन् । अन्सारीले लोक कथामाथि लोक भाषा शैली र स्थानीयदेखि अङ्ग्रेजी शब्दहरू जादुमय प्रयोगले लेखनमा एउटा नयाँ आयाम थपेको भन्दै यो नै उपन्यासको बलियो पक्ष भएको बताएकी छन् ।

सहजकर्ताको ‘बाल्यकालकै प्रेम प्रसंगमा घुमेको प्रेम कथा युवाले किन पढ्ने ? भन्ने प्रश्नमा लेखक भट्टले यसमा प्रेम बाल्यकाल हुँदै युवा अवस्था प्रवेश गर्ने हुँदा युवाहरूले पनि भोगेको र जान्नुपर्ने कथा समेटिएको बताए । उनले उपन्यासमा आफ्नो भन्दा बढी कथा डोटीका भुइँमान्छेहरुको कथा ल्याएको र तत्कालीन परिवेश अनुसार नै कथा समेटेको हुँदा जानाजान कुनै पक्षलाई तल र कुनै पक्षलाई माथि नपरेको प्रस्ट पारे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *