विराटनगरमा टेम्पो र सिटी चोरीमा संलग्न तीनजना पक्राउ

विराटनगर । चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका–६ बाट टेम्पो र अटो चोरीमा संलग्न रहेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा विराटनगर–८ का २२ वर्षीय मोहमद जुमन, विराटनगर–११ का ३४ वर्षीय मोहमद अन्सारुल र विराटनगर–१२ का २२ वर्षीय पवन रविदास रहेको प्रहरीले जनाएको छ ।

वडा प्रहरी कार्यालय (क) विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर–६ स्थित रामपुर चौकमा सिटी सफारीमा प्रयोग हुने ५ थान ब्याट्री चोरी गरी को-२ ह ३६१० नम्बरको अटो टेम्पोमा लादै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको प्रहरीको दाबी छ ।

अनुसन्धानको क्रममा विन १ ह ००९३ नम्वर र को १ ह ७८१८ नम्बरको दुई वटा सिटी सफारी समेत उनिहरुले चोरी गरेको प्रहरीले जनाएको छ । प्रहरीले सिटी सफारी समेत बरामद गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *