एमालेको कार्यकर्ता भेलामा महानगरका कर्मचारी हर्ताकर्ता

पोखरा । नेकपा एमालेले शनिबार घोषणापत्र सार्वजनिक र कार्यकर्ता भेटघाट कार्यक्रम आयोजना गर्योर । कार्यक्रममा कार्यकर्ता र नेताहरू भेला हुनु सामान्य हो । तर असामान्य रुपमा महानगरकै कर्मचारीहरूको चहलपहल अस्वभावीक देखिन्थ्यो ।
खास एमालेका पालामा नियुक्त भएका कर्मचारीहरू आफ्ना उम्मेद्वारलाई जिताउन अहिले वडावडामा डुलिरहेका छन् । कार्यालय समयमा समेत उनीहरू अफिस बंक गरेर वडामा एमालेको प्रचारका लागि डुल्ने गरेका छन् ।
पोखराका अधिकांश कर्मचारी एमाले निकट छन् । अहिलेका जनप्रतिनिधि आएपछि पनि ८० भन्दा बढी कर्मचारीलाई गलतबाटोबाट महानगरमा भर्ना गरिएको छ । उनीहरूको काम महानगरमा कम, पार्टीमा ज्यादा छ । त्यसो त मेयर मानबहादुर जिसी कर्मचारीकै कारण आफूहरूले काम गर्न नपाएको बताउँदै आएका थिए ।
केही समयअघि आर्थिक अनियमितताको आरोपमा निलम्बनमा परेका कर्मचारी छवि शर्मालाई एमाले नेतृत्वले नै जोगाएको थियो । मेयरले कारबाही गर्न लाग्दा समेत एमाले नेतृत्वले रोकेको उनले जिसीले बताएका थिए ।









