पोखरामा एमालेको घोषणापत्र : पुरानै सपना नयाँ कागजमा, छुटेनन् मेट्रो र मोनोरेल

पोखरा । नेकपा एमालेले आउँदो कार्यकालका लागि पोखरा घोषणापत्र सार्वजनिक गरेको छ । अधिकांश पूराना योजनाहरूलाई नयाँ भाषाले व्याख्या गरेर घोषणापत्र सार्वजनिक गरिएको हो ।

पूरा नहुने योजनालाई पुनः दोहोर्याइएको छ । चीनको केरुङदेखि पोखरा हुँदै लुम्बिनीसम्मको रेलमार्ग बनाउन पोखराले संघ र प्रदेश सँग समन्वय र सहकार्य गर्ने बताइएको छ ।

पोखरा फेरि मोनोरेल र मेट्रोरेल सन्चालनको सपना पस्किएको छ । हालका मेयर मानबहादुर जिसीले भने घोषणापत्रमा मोनोरेल भन्दा जनताका दिनदिनैका समस्या समाधानमा जोड दिनुपर्ने सुझाव दिएका थिए । ‘घोषणापत्रमा धेरै सपना देखाइयो, जुन पूरा भएनन् । भोट फकाउनका लागि मात्रै होइन, वास्तवमा पोखरा विकासको खाका बनाउनुपर्ने हो,’ उनले आफ्नो कार्यकाल समीक्षा गर्दै यसअघि भनेका थिए । तर जिसी फेल भएकै र दोहोर्याउन नचाहेकै योजना दोहोरिएका छन् ।

त्यसो त, अहिले २०५४ का मेयर कृष्ण थापा पोखराको मेयरमा एमालेबाट कस्सिएका छन् । घरदैलो चलिरहेको छ । उपमेयरमा मन्जु गुरुङ नै दोहोरिएकी छिन् ।

दोहोरिएको अनुहारले घोषणापत्र समेत दोहोर्याएका छन् । उनीहरूले कोरलादेखि पोखरा हुँदै भैंसालोटन जोड्ने सकडलाई प्राथमिकतामा राखेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *