एमालेको पोखरा घोषणापत्र सार्वजनिक; फोहोर संकलनबाट मोहर बनाउने प्रतिबद्धता

काठमाडौँ । पोखरा महानगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमालेको तर्फबाट उम्मेदवार उठेका कृष्ण थापा र मञ्जुदेवी गुरुङले आफ्नो घोषणापत्र सार्वजनिक गरेका छन्।

आज शनिबार थपा र गुरुङले संयुक्त रूपमा सार्वजनिक गरेको घोषणापत्रमा आगामी ५ वर्षभित्र पोखरालाई पर्यटनमा मात्रै नभएर शिक्षा, स्वास्थ्य, खेलकुद, सूचना प्रवृधिमा पनि देशकै उत्कृष्ट महानगरपालिका बनाउने उल्लेख गरिएको छ। साथै, पोखरालाई वातावरणमैत्री महानगरपालिकामा रूपान्तरण गरिने पनि घोषणापत्रमा भनिएको छ।

पोखरा महानगरभित्र रेल ल्याइनेसम्बन्धमा कार्य तत्काल प्ररम्भ गर्ने समेत उल्लेख गर्दै पत्रमा लेखिएको छ, ‘पोखरा महानगरभित्र सार्वजनिक यातायातलाई व्यवस्थित गर्नका लागि मोनोरेल तथा मेट्रोरेल सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरी कार्य आरम्भ गरिनेछ।’ महानगरमा पर्ने मध्यपहाडी  लोकमार्गको खण्डलाई छिटो निर्माण गर्न, केरुङ, काठमाडौँ हुँदै पोखराबाट लुम्बिनीसम्म रेलमार्ग सञ्चालन र कोरला-भैंसालोटन नाका हुँदै अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन गर्न प्रादेशिक सरकार एवं संघीय सरकारसँग सहकार्य गर्ने पनि घोषणापत्रमा बताइएको छ।

वातावरणमैत्री विकासका योजनामा महानगरको फोहोर संकलनबाट मोहर बनाउने गरी त्यसको प्रशोधनबाट ऊर्जा, निर्माण सामग्री र कम्पोस्ट मल उत्पादन गरिने समेत घोषणापत्रमा भनिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *