विराटनगर महानगरको मेयरका उम्मेदवार यादवलाई चुनाव चिह्न ‘लालटिन’
२०७९ वैशाख १७ गते

विराटनगर । विराटनगर महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार उमेश यादवले चुनाव चिह्न ‘लालटिन’ पाएका छन्।
जनता समाजवादी पार्टीका यादवले आफ्नो दलबाट मेयर पदका लागि टिकट नपाएपछि पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिएका हुन्। २०७४ सालको निर्वाचनमा सोही पदमा लड्दा उनी दोस्रो दाबेदारसम्म भएका थिए।
हाल विराटनगर महानगरपालिकामा गठबन्धनका तर्फबाट नागेश कोइराला र प्रतिपक्षी एमालेको तर्फबाट सागर थापा मेयरका उम्मेदवार छन्।
२०७९ वैशाख १७ गते
प्रतिक्रिया
सम्बन्धित









