मुक्तिनाथ र कागबेनीमा दर्शनार्थीको भिड (तस्बिरहरू)

पोखरा । यति बेला हिमाली जिल्ला मुस्ताङमा पर्यटक खचाखच छन् । चक्रीय अन्नपूर्ण पदमार्गको मुक्तिनाथ क्षेत्रमा अझ बढी पर्यटक छन् ।

मुक्ति क्षेत्रमा बढी मात्रामा धार्मिक पर्यटक पुग्ने गरेका छन् । आन्तरिक मात्रै नभएर भारतीयसमेत बस रिजर्भ गरेर मुक्तिनाथमा पुग्ने गरेको व्यवसायी बताउँछन् । आज मातातीर्थ औँसी पनि परेकाले मुक्तिनाथ र कागबेनीमा बिहानैदेखि दर्शनार्थीको भिड लागेको छ ।

त्यहाँ २० हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकीय पुगेका छन् । यो कोरोना सङ्क्रमणपछिको सबैभन्दा बढी भिड भएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *