विराटनगरमा ३० युनिट बिजुली निःशुल्क दिने कांग्रेसका संकल्प

विराटनगर । आसत्र स्थानीय तहको निर्वाचनको सन्दर्भमा विराटनगर महानगरपालिकाका लागि नेपाली कांग्रेसका तर्फबाट भएका सबै पदका उम्मेदवारले सामूहिकरूपमा सङ्कल्प लिएका छन् ।

विराटनगर महानगर समितिद्वारा आज यहाँ आयोजित ‘स्थानीय तह सङ्कल्पपत्र घोषण कार्यक्रम–२०७९’ सार्वजनिकीकरण समारोहमा उम्मेदवारहरूले सङ्कल्प लिएका हुन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं अर्थमन्त्री महेश आचार्य, केन्द्रीय सदस्य डा डिला सङ्ग्रौला र विराटनगर महानगरपालिकाका पूर्वप्रमुख भीम पराजुलीको उपस्थितिमा भएको सो कार्यक्रममा महानगरका प्रमुख पदका उम्मेदवार नागेश कोइरालाले भ्रष्टाचारलाई शून्यमा ल्याउने प्रतिबद्धता व्यक्त गरे ।

उनल्नर गरलाई व्यवस्थित एवं सफा र हरियाली बनाउने, सीमान्तकृत नागरिकले उपभोग विद्युत् महशुलमा ३० युनिटलाई निःशुल्क बनाउने र विराटनगर महानगर अस्पताल बनाई नागरिकको स्वास्थ्यमा विशेष योगदान दिने प्रतिबद्धता व्यक्त्त गरे ।

जम्मा ५९ वटा बुँदालाई समेटर बनाइएको सङ्कल्प प्रस्तावअनुसार काम भएमा विराटनगर देशकै एक नमूना सहर बत्रे विश्वास जनतामा जागेको देखिन्छ । एक नगरवासीले ३० युनिट खपत गर्ने परिवारलाई विद्युत् निःशुल्क गर्ने प्रस्ताव हामी निमुखालाई निकै राहत पुग्ने बताए । उनले शिक्षा, स्वास्थ्य, रोजगार सिर्जना गर्ने जस्ता सङ्कल्पअनुसार काम भएमा नगरमा समृद्ध आउने कुरालाई कसैले पनि नकार्न नसकिने स्पष्ट पारे ।

प्रतिक्रिया

One thought on “विराटनगरमा ३० युनिट बिजुली निःशुल्क दिने कांग्रेसका संकल्प

Leave a Reply

Your email address will not be published. Required fields are marked *