प्रदेश १ मन्त्रिपरिषद् बैठक; विद्यालयमा किशोरी सशक्तीकरण कार्यक्रम निर्देशिका स्वीकृत
२०७९ वैशाख १६ गते

विराटनगर । प्रदेश १ मा आज शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठक सम्पन्न भएको छ।
मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको सो बैठकले केही बाधाअड्काउ फुकाउनेलगायतका निर्णयहरू गरेको छ। बैठकले विद्यालयमा किशोरी सशक्तीकरण कार्यक्रम निर्देशिका, २०७९ स्वीकृत गरेको हो। प्रदेश १ सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेका अनुसार बाधा अड्काउ फुकाउने निर्णयपछि सम्बन्धित मन्त्रालयका मन्त्रीलाई लगानी प्राधिकरणको सदस्य बन्ने बाटो खुला हुनेछ।
यसैगरी, किशोरी सशक्तिकरण कार्यक्रम निर्देशिका, २०७९ जारीपछि विद्यालयलक्षित किशोरी सशक्तीकरण कार्यक्रम अघि बढ्ने प्रदेश १ सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री घिमिरेले जानकारी दिए।
२०७९ वैशाख १६ गते
प्रतिक्रिया
सम्बन्धित









