पालुङटारमा कांग्रेसबाट मेयरका उम्मेदवार कँडेलको उम्मेदवारी खोसियो

पोखरा । गोरखाको पालुङटार नगरपालिकाका मेयर पदका उम्मेद्वार दिपकबाबु कँडेलको टिकट खोसिएको छ ।

कांग्रेस केन्द्रीय समितिले नै उनको उम्मेदवारी खोसकेको हो । कांग्रेसको केन्द्रीय कार्यालयले जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पत्र लेखेर पार्टीका तर्फबाट कँडेलको उम्मेदवारी फिर्ता लिइएको जनाएको हो ।

सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेको पत्रमा स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २३ को उपदफा ५ अनुसार कँडेलको उम्मेदवारी फिर्ता लिइएको उल्लेख गरिएको छ । उनको

उम्मेदवारी फिर्ताको पत्र आएपछि कांग्रेस कार्यकर्ताहरूले नाराबाजी सहित विरोध गरेका छन् । उम्मेद्वारको अन्तिम नामावली भने प्रकाशन भैसकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *