लम्कीचुहाको मेयरमा गठबन्धनबाट शाहीलाई आधिकारिकता, प्रमुख र उपप्रमुख दुवै महिला

धनगढी । कैलालीको लम्कीचुहा नगरपालिकाको प्रमुख पदका उम्मेदवारका लागि नेपाली कांग्रेस सुशीला शाहीलाई आधिकारिता दिइएको छ ।

मेयरका लागि दुई जनाको उम्मेदवारी परेकोमा शाहीलाई आधिकारिकता दिइएको हो । नगरप्रमुख पदमा कांग्रेसका शाही र भक्तबहादुर थापाले उम्मेदवारी दिएका थिए ।

दुवैले आफू आधिकारिक रहेको बताए पनि निर्वाचन अधिकृतले भने शाहीलाई आधिकारिकता दिँदै भक्तबहादुर थापाको उम्मेदवारी रद्द गरेको छ । यस्तै नेकपा माओवादी केन्द्रका धिरेन्द्र रावलको पनि उम्मेदवारी रद्ध भएको छ ।

उनीहरू दुवैजनालाई पार्टीले आधिकारिक नरहेको जानकारी दिएपछि उम्मेदवारी रद्द भएको निर्वाचन अधिकृत हिरालाल चौधरीले जानकारी दिए ।

यससँगै लम्कीचुहा नगरपालिकाको प्रमुख र उपप्रमुखमा महिला उम्मेदवार बनेका छन् । गठबन्धन दलहरूबीच भएको सहमति अनुसार नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसकी सुशीला शाही र उपप्रमुखमा नेकपा माओवादी केन्द्रकी जानकीकुमारी सिँह उम्मेदवार बनेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *