गठबन्धनको सपनाः पोखरामा मेट्रोरेल चलाउने, नयाँ सहर बसाउने

पोखरा । सत्ता गबठन्धनले पोखरा महागनरको घोषणापत्र सार्वजनिक गर्दै आउँदो ५ वर्षभित्र १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य अघि सारेको छ।

अहिले ५ लाख भन्दा बढी पर्यटक बर्सेनि भित्रिने गरेको अनुमानित तथ्यांक छ। यस्तै, पोखरा महानगरको ग्रामिण क्षेत्रमा सेटलाइट सिटी बनाएर ४० देखि ५० हजार जनसंख्याको बसाइँ व्यवस्थापन गर्ने घोषणा छ। ग्रामिण इलाकामा ५ वटा स्याटलाइट सिटी बनाउने भनिएपनि कुन ठाउँ भनेर तोकिएको छैन।

गठबन्धनले निर्वाचित भएको ६ महिनाभित्रै ३ हजार जनालाई रोजगारी दिने गरी योजना अघि सार्ने बताएको छ। महानगरले काम गर्ने युवालाई परियोजना हेरेर १० लाखसम्म ऋण लगानी गर्ने घोषणा छ। पोखराको फेवातालदेखि बेगनासतालसम्म लेक कनेक्सन गर्न मेट्रो रेल चलाउने मेयरका उम्मेदवार धनराज आचार्यले बताए। सामाजिक सुरक्षा भत्ता घरघरै पुगेर वितरण गर्ने, पोखरा बसपार्क निर्माण गर्ने देखि रिङरोड निर्माण गर्नेसम्मका योजना घोषणापत्रमा समेटिएका छन्।

आफूहरूले चुनाव जिते सामाजिक सुरक्षा भत्ता २० प्रतिशत बढाउने घोषणा आचार्यको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *